पर्सामा पाँच किलो गाँजासहित दुई जना पक्राउ

सिमरा: सशस्त्र प्रहरीले शनिबार पर्साको विन्दवासिनी गाउँपालिका ४ अमरपट्टीबाट पाँच किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्सागढी नगरपालिका ९ का २९ वर्षीय गोपाल यादव र जगरनाथपुर गाउँपालिका ६ का १९ वर्षीय गौतम पटेल रहेका छन्।
सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट अमरपट्टीबाट खटिएको गस्ती टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको ना १३ प ४६१८ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा मोटरसाइकलको सिटमुनी र दुबै व्यक्तिको शरीरमा लुकाइछिपाइ राखिएको अवस्थामा पाँच किलो गाँजा बरामद गरिएको हो।
सशस्त्र प्रहरीले पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको जनाएको छ।