प्रहरी दिवसमा रक्तदान कार्यक्रम, ७१ जनाले गरे रगत दान


eShilalekh

२९ आश्विन २०८२, बुधबार १८:३७

कलैयाः ७०औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाराले बुधबार रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ७१ जनाले रगतदान गरेका छन्।

कार्यक्रमको सुरुवात जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङले गरेका थिए । कार्यक्रममा प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता बिजयराज पण्डित, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीसहित नेपाल प्रहरीका विभिन्न तहका अधिकृत तथा जवान, निजामती कर्मचारी, सञ्चारकर्मी, खेलाडी, स्थानीयलगायतले रगत दान गरेका थिए ।

प्रादेशिक अस्पताल कलैया र रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । प्रहरी दिवसको अवसरमा प्रहरीले जिल्लाभर विभिन्न रचनात्मक कार्यक्रम गर्ने भएको छ ।

प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमले समुदाय र सुरक्षाकर्मीबीच आपसी सहयोग र मानवीय भावनालाई अझ सुदृढ बनाउने विश्वास लिएको प्रहरी उपरीक्षक तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्