सप्तरीमा स्रोत नखुलेको २३ लाख रुपैयाँसहित दुई जना पक्राउ

सप्तरी: सप्तरीमा आइतबार राति स्रोत नखुलेको २३ लाख रुपैयाँसहित २ जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका ५ का २८ वर्षीय किरण सिटौला र १९ वर्षीय धिरज प्रसाइ रहेका छन् ।
इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको टोलीले सुरुङ्गा नगरपालिका २ स्थित सडकखण्डमा बा.प्रदेश ०१–०२८च ५००८ नम्बरको पिकअप गाडी रोकेर जाँच गर्ने क्रममा उक्त नगद बरामद गरेको हो।
बरामद रकमसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





