दुर्घटनामा संचारकर्मी चौलागाईको मृत्यु


eShilalekh

८ बैशाख २०७९, बिहीबार ११:५१

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका २ मुसर्नीमाईमा विहिवार विहान मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा सोलखपुरका रमेश चौलागाई रहेका छन् ।

सिमराबाट सोलखपुरतर्फ जादै गरेको ना१९प ८८१८ नम्बरको मोटरसाईकल विद्यतुको पोलमा ठोक्किएर दुर्घटना भएको हो । ईलाका प्रहरी कार्यालय सिमराले चौलागाईको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेको छ ।

घटनालगत्तै सिमरास्थित अल्पाईन अस्पताल ल्याइएका चौलागाईलाई चिकित्सकले मृत घोषित गरेका थिए । उनको टाउकोमा गम्भिर चोट लागेको थियो । उनको शव शल्यपरिक्षणका लागि वीरगन्ज लैजान लागिएको प्रहरीले जनाएको छ ।

मृतक चौलागाई सोलखपुरबाट प्रकाशन हुने ज्वलन्त खबरका प्रकाशक हुन् । लामो समय रेडियो क्षेत्रमा काम गरेका चौलागाईले केही महिना अघिदेखी अनलाईन पत्रिका संचालनमा ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्