अमलेखगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न, ७३ जनाले गरे रगत दान

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ७३ जनाले रगत दान गरेका छन् । तमु लोहार पर्वको अवसरमा आयोजित कार्यक्रममा ३८ महिला ३५ पुरुषले रगत दान गरेका हुन् ।
तमु क्लब अमलेखगञ्जले तमु लोसार पर्वको अवसरमा प्रत्येक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । क्लबले यस वर्षपनि सोही कार्यक्रमलाई निरन्तरता दिएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ को कार्यालय कार्यक्रमको मुख्य सहयोगीको रुपमा रहेको छ । कार्यक्रममा रेडक्रस सोसाईटी वीरगन्ज, कार्की पोलिक्लिनिक प्रालि र अक्कल बहादुर कार्की अस्पतालले प्राविधिक सहयोगी गरेको थियो ।
कार्यक्रमको उद्घाटन वडा नं. २१ का वडाध्यक्ष सुवास श्रेष्ठले गरेका थिए । उद्घाटन कार्यक्रममा जीतपुरसिमराका वर्तमान तथा निवर्तमान जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, तमु क्लबका पदाधिकारी एवम् सदस्यको उपस्थिती रहेको थियो ।





