अमलेखगञ्जमा समुदाय-प्रहरी साझेदारी समिति गठन


eShilalekh

१६ पुष २०८२, बुधबार १४:०१

सिमराः अमलेगञ्जमा बुधबार समुदाय-प्रहरी साझेदारी समिति गठन गरिएको छ । अमलेखगञ्जमा बसेको भेलाले जीतपुरसिमरा उपमहानगरपालिका २१ र २२ का स्थानीयलाई समेटदै रमेश लामाको नेतृत्वमा समिति गठन गरिएको हो ।

समितिको सदस्यमा कमल थापा, निशा विक, सुकुमाया कुमारी थिङ, गितादेवी घले, सुकुमाया वाइवा, रोहितकुमार घिसिङ, राजु घलान, विशाल गोले, सुवास श्रेष्ठ, सागर क्षेत्री, रुपा क्षेत्री र सदस्य सचिवमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी नायब निरीक्षक मदनराज स्याङ्बो रहेका छन् ।

समितिको सल्लाहकारमा जीतपुरसिमरा उपमहानगरपलिका २१ वडाध्यक्ष सुवास श्रेष्ठ र जीतपुरसिमरा २२ का वडाध्यक्ष शेखरकाजी रुम्बा रहेका छन् । ईलाका प्रहरी कार्यालय सिमरा अन्तर्गत रहेको ईलाका प्रहरी कार्यालय अमलेखगञ्जको समन्वयमा समिति गठन भएको हो ।

समितिले प्रहरी र समुदायबीच समन्वय र सहकार्य बढाउने, समुदायमा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्ने, अपराध नियन्त्रण तथा रोकथाममा सक्रिय भूमिका निर्वाह गर्ने, लागुऔषध दुरुपयोग, घरेलु हिंसा, सामाजिक अपराध विरुद्ध जनचेतना फैलाउने, कानुनी, सामाजिक तथा ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने, समुदायबाट प्राप्त सूचना प्रहरीलाई उपलब्ध गराउने, साना सामाजिक विवाद समाधानमा सहजीकरण गर्ने, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा कमजोर वर्गको सुरक्षा प्रवद्र्धन गर्ने, युवा तथा विद्यालय लक्षित कार्यक्रममार्फत सकारात्मक सोच विकास गर्ने, प्राकृतिक विपद् तथा आपतकालीन अवस्थामा उद्धार र राहत कार्यमा सहयोग गर्नेलगायतका काम गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्