वृद्धवृद्धालाई खाद्यान्न वितरण गर्दै युवाले स्थापना गरे ‘हाम्रो फाउण्डेशन’


Author

eShilalekh

April 30, 2022 7:28 pm

सिमरा: मातातिर्थ औसीको अवसरमा पथलैयामा रहेको वृद्धाश्रममा खाद्यान्न वितरण गर्दै सिमराका युवाले हाम्रो फाउण्डेशन नामक संस्था प्रारम्भ गरेका छन् ।

सामाजिक सेवा गर्ने उदेश्यले स्थापना गरिएको संस्थाको सुरुवात वृद्धाश्रममा खाद्यान्न वितरण गरेर गरिएको हो । वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई खाद्यान्न तथा फलफूल वितरण गर्दै युवाहरुले संस्था सुरुवात गरेका हुन् ।

खाद्यान्न वितरण कार्यक्रममा फाउण्डेशनका युवासहित विभिन्न राजनितिक दलका प्रतिनिधि, प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी निरिक्षक दिनेश खरेललगायत सहभागी थिए । संस्थाले वृद्धवृद्धालाई करिब २५ हजार रकम बराबरको खाद्यान्न तथा फलफूल वितरण गरेका थियो ।

सोही अवसरमा फाण्डेशनले वृद्धवृद्धासंग केक काटेर मातातीर्थ औसी मनाएको थियो । फाउण्डेशनका अध्यक्ष सुनोद ढकालले वृद्ध आमाबुवालाई सम्झदै संस्थाको सेवा प्रारम्भ गरिएको बताए ।

संस्थामा सिमराका १२ जना युवा सहभागी छन् । फाउण्डेशनका अध्यक्ष ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव समिर लुईटेलले गरेका थिए ।

तस्विरहरुः हाम्रो फाउण्डेशन

प्रतिक्रिया दिनुहोस्