रौतहटमा अर्काको नाममा भोट हाल्न खोज्ने १८ वर्षीय युवक पक्राउ


eShilalekh

२१ फाल्गुन २०८२, बिहीबार १६:१६

रौतहटः रौतहटको राजपुर नगरपालिका ९ बौरियास्थित अनाथालय मतदान स्थलबाट प्रहरीले एक फर्जी मतदातालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १८ वर्षीय अरजे हयात रहेका छन् ।

महमद आसिकको नाममा मतदान गर्न खोजेपछि प्रहरी निरीक्षक देवी राम भण्डारीको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।

यसैगरी सोही मतदान केन्द्रमा अर्काको नाममा भोट हाल्न लाइन लागेको अवस्थामा भेटिएकी नुजमा बेगम भने अचानक अचेत भएकी थिइन् । उनलाई प्रहरीले तत्काल उपचारका लागि आफन्तको जिम्मा लगाएको छ ।

फर्जी मतदान र चुनावी हिंसा रोक्न सुरक्षाकर्मीहरू उच्च सतर्कताका साथ परिचालन गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्