बारा ४ मा पूर्व आईजिपी सर्वेन्द्र खनालको जमानत जफत

सिमराः बारा क्षेत्र नं. ४ मा राष्ट्रिय परिवर्तन पार्टीबाट प्रतिनिधिसभा सदस्यको चुनाव लडेका पूर्व आईजिपी सर्वेन्द्र खनालले चार सय ६४ मत पाएका छन् । बाँसुरी चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका खनालले उक्त मत पाएका हुन् ।
मतगणना सम्पन्न भईसकेको उक्त क्षेत्रमा रास्वपाका रहबर अंसारी निर्वाचित भएका छन् । उक्त क्षेत्रमा ८० हजार ६ सय ८७ मत खसेको थियो । खसेको मतमध्ये अन्सारी ४१ हजार दुई सय मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
अन्सारीले फराकिलो मतान्तरले जित निकाल्दा पूर्व आईजिपी खनालले भने जमानत समेत जोगाउन सकेनन् । माघ ६ गते मनोनयन गरेयता खनाल चुनावी मैदानमा थिए । उनले निर्वाचन क्षेत्रको सबै स्थानमा पुगेर मतदातासंग साक्षात्कार समेत गरेका थिए ।






