जेन–जी आन्दोलनको क्रममा कारागारबाट फरार अभियुक्त पक्राउ

रौतहटः प्रहरीले जेन–जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका ४ का ४० वर्षीय राम नरेश साह रहेका छन् ।
लागूऔषध गाँजा तथा हातहतियार खरखजना मुद्दामा दोषी ठहर भई कारागार कार्यालय गौरमा सजाय काटिरहेका साह गत भदौ २४ गते फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार विशेष सूचनाको आधारमा खोजतलास गर्दा साहलाई गौर नगरपालिका ९ स्थित सिर्शियाबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि पुनः कारागार कार्यालय गौरमा पठाइएको प्रहरीले जनाएको छ ।






