१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ


eShilalekh

२५ फाल्गुन २०८२, सोमबार १२:५१

वीरगन्जः पर्सा प्रहरीले आइतबार राति जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १५ भेडियाहीका ५० वर्षीय भुटन साह भन्ने रामजनम साह रहेका छन् ।

वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी भिष्वाडाँडाबाट खटिएको संयुक्त टोलीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका साहलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । किशोरीको स्वास्थ्य परीक्षण र अन्य कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्