बिश्रामपुर र फेटामा कुन उम्मेदवारलाई कति मत ?


eShilalekh

२५ फाल्गुन २०८२, सोमबार १६:१०

सिमराः बारा क्षेत्र नं. ४ अन्तर्गत बिश्रामपुर गाउँपालिकाको पाँच वटा वडामध्ये चार वटामा रास्वपा र एउटा वडामा नेकपा एमालेले बढी मत प्राप्त गरेको छ । रास्वपाले बिश्रामपुरको वडा नं. १, २, ३ र ५ मा अग्रता लिँदा एमालेले वडा नं. ४ मा सर्वाधिक मत पाएको हो ।

मतपरिणामअनुसार बिश्रामपुर १ मा एक हजार ९२ मत पाएको रास्वपाले वडा नं. २ मा एक हजार ६६, वडा नं. ३ मा आठ सय ७५ र वडा नं. ५ मा एक हजार सात सय ६५ मत प्राप्त गरेको हो । वडा नं. ४ मा भने रास्वपाले एमालेभन्दा एक सय ४६ मत कम पाएको छ ।

उक्त वडामा एमालेले चार सय ७७ मत प्राप्त गर्दा रास्वपाले तीन सय ३१ मत पाएको हो ।

हेर्नुहोस बिश्रामपुर, फेटा र कलैया १७ मा कुन उम्मेदवारले कति मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्