सिरहा जिल्ला अदालत अगाडि विस्फोट

जनकपुरधाम: सिरहा जिल्ला अदालत अगाडि विस्फोट भएको छ । जिल्ला अदालत अगाडि रहेको मधेश ल फर्ममा विष्फोट भएको हो ।
बिस्फोटबाट ल फर्ममा पूर्णरुपमा क्षति पुगेको छ। घटनाको थप विवरण आउन बाँकी छ ।
प्रहरीले विष्फोट भएको क्षेत्रलाई घेरा हालेर अनुसन्धान थालेको छ ।






