वीरगन्ज उद्योग वाणिज्य संघद्वारा पत्रकार आशुकुमार सर्राफ सम्मानित

वीरगन्जः वीरगन्ज उद्योग वाणिज्य संघले पत्रकार आशुकुमार सर्राफलाई सम्मान गरेको छ। संघको ५०औँ वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंक का गभर्नर डा. विश्वनाथ पौडेल र संघका अध्यक्ष हरिप्रसाद गौतमले प्रशंसा पत्रसहित सर्राफलाई सम्मान गरेका हुन्।
सर्राफ हाल यात्रा डेली डटकममा कार्यरत छन्। वीरगन्ज तथा पर्सा–बारा क्षेत्रका उद्योग, व्यापार, अर्थतन्त्र र विकाससम्बन्धी मुद्दालाई राष्ट्रिय बहसमा पुर्याउन योगदान दिएको भन्दै उनलाई सम्मान गरिएको संघले जनाएको छ।
सम्मान ग्रहणपछि सर्राफले उक्त सम्मानले आफ्नो जिम्मेवारी अझ बढाएको बताउँदै निष्पक्ष र तथ्यमा आधारित पत्रकारिता निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।






