बारामा ब्राम्हण समाज नेपाल गठन, अध्यक्षमा पाण्डे

कलैया : बाराको कलैयामा सम्पन्न ब्राह्मण समाजको भेलाले ब्राम्हण समाज नेपाल को जिल्ला कार्यसमिति गठन गरेको छ। भेलाले अनिलकुमार पाण्डेको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति गठन गरेको हो।
गठित समितिको वरिष्ठ उपाध्यक्षमा राजेश तिवारी, उपाध्यक्षमा धिरेन्द्र तिवारी, सचिवमा प्रदुमन दुबे, सहसचिवमा दिलिप शुक्ला र कोषाध्यक्षमा आशुतोष पाण्डे चयन भएका छन्।
भेलामा सहभागीहरूले ब्राह्मण समुदायको हकहित संरक्षण, सामाजिक एकता मजबुत बनाउने तथा संस्कार र सामाजिक सेवामूलक गतिविधि सञ्चालन गर्ने उद्देश्यका साथ समिति गठन गरिएको बताएका छन्।
नवनिर्वाचित उपाध्यक्षमा तिवारीले समाजलाई संगठित बनाउँदै समुदायको उत्थानका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए। जिल्लाभरका ब्राह्मण समुदायलाई एकताबद्ध गर्दै सामाजिक, शैक्षिक तथा सांस्कृतिक गतिविधि अगाडि बढाउने उनको भनाई थियो ।






