पर्सामा लागूऔषध ट्रामाडोलसहित दुई जना पक्राउ

वीरगन्जः पर्सा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पचरौता नगरपालिका ९ का ४२ वर्षीय राम अशिष राउत अहिर र बहुदरमाई नगरपालिका २ सिसियाडी का ३० वर्षीय सुवास सर्राफ रहेका छन् ।
पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार वीरगन्ज महानगरपालिका १४ गण्डक चोकस्थित प्रहरी चेकपोस्टमा सवारी चेकजाँचका क्रममा ना.१ज २७६५ नम्बरको टाटा सुमो रोकी जाँच गर्दा लुकाइछिपाइ राखिएको ५२ हजार तीन सय क्याप्सुल (ट्रामाडोल हाईड्रोक्लोराईड क्याप्सुल आईपी ५० एम जी) बरामद गरिएको हो ।
बरामद औषधिसहित पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालत बाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






