सर्वोच्चद्वारा रास्वपा उम्मेदवारको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार, मातृका यादवको पद सुरक्षित

सिमराः धनुषा क्षेत्र नं. १ को प्रतिनिधिसभा निर्वाचन विवादमा सर्वोच्च अदालतले रास्वपा उम्मेदवार किशोरी साह कमलको माग बमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। अदालतको यो निर्णयसँगै नेकपाका उम्मेदवार मातृका यादवले पाएको विजयी प्रमाणपत्र र शपथ ग्रहण गर्ने बाटो तत्कालका लागि सुरक्षित भएको छ।
रास्वपा उम्मेदवार साहले निर्वाचन आयोगको खारेजी निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। अदालतले भने कुनै अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो। अदालतको यो आदेशले धनुषा १ बाट विजयी घोषित नेकपाका उम्मेदवार मातृका यादवलाई ठूलो राहत मिलेको छ। योसँगै मातृका यादवले सांसदको रूपमा शपथ ग्रहण गर्ने बाटो समेत तत्कालका लागि खुलेको छ।
बैंकिङ कसुरको कालोसूचीमा रहेको भन्दै आयोगले मौन अवधि सुरू भएकै दिन फागुन १९ गते साहको उम्मेदवारी खारेज गरेको थियो।






