मधेस प्रदेशका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिमराः मधेस प्रदेशका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
धनुषाको सबैला नगरपालिका ९ मा सोमबार बिहान गाडीको ठक्करबाट धनुषाकै सहिदनगर नगरपालिका १ कुमकरनका ३० वर्षीय सरोज यादवको मृत्यु भएको हो ।
प्र.२–०२–००२ प २६७७ नम्बरको मोटरसाइकलाई म.प्र.०२–००१ ज ०१०४ नम्बरको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक यादव घाइते भएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरि सर्लाहीको कविलासी नगरपालिका ८ मा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । म.प्र.०२–००६ प ७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय राम नरेश महतोको सोमबार बिहान मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।






