सर्लाहीमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु, चालक नियन्त्रणमा


eShilalekh

५ चैत्र २०८२, बिहीबार १४:५२

सर्लाही: सर्लाहीको बागमती नगरपालिका २ सानो डाबरीस्थित भित्री सडक खण्डमा बिहीबार बिहान स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु भएको छ।

जिरायतबाट हरिवनतर्फ जाँदै गरेको सगुन शिक्षा आवासीय विद्यालयको ना १ क ७३८२ नम्बरको बसले ठक्कर दिँदा स्थानीय श्याम गोलेका छोरा यनस गोलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले बस चालक हरिवन नगरपालिका ११ प्रगति टोलका ५० वर्षीय सूर्यबहादुर थापालाई नियन्त्रणमा लिएको छ।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार हाल बालकको शव घटनास्थलमै रहेको छ भने इलाका प्रहरी कार्यालय हरिवनले यस सम्बन्धमा थप आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

नियन्त्रणमा लिइएका चालकलाई हिरासतमा राखी दुर्घटनाको कारणबारे विस्तृत सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्