वीरगन्जकी माधुरी महतो उत्कृष्ट महिला पत्रकारको रूपमा सम्मानित


eShilalekh

६ चैत्र २०८२, शुक्रबार १७:१०

वीरगन्जः वीरगन्जकी पत्रकार माधुरी महतो मधेस प्रदेशकै उत्कृष्ट महिला पत्रकारको रूपमा सम्मानित भएकी छन् ।धनुषास्थित रेडियो धनुषाले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा आयोजित एक विशेष समारोहका बीच महतोलाई सम्मान गरेको हो ।

मधेस खबर अनलाइनकी सम्पादक तथा बीबीसी नेपाली सेवामा समेत कार्यरत महतोलाई पत्रकारिताको माध्यमबाट समाजमा पुर्‍याएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो । मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष र रेडियो धनुषाका अध्यक्ष मुकेशकुमार ठाकुरले पत्रकार महतोलाई सम्मानपत्र तथा नगद रकम हस्तान्तरण गरेका हुन्‌

महतो करिब डेढ दशकको रेडियो पत्रकारिता अनुभवसहित अनलाइन तथा बीबीसी नेपाली सेवामा पनि योगदान पुर्याइरहेकी छन् । यसैगरी कार्यक्रममा धनुषाका विजय साह (गोरखापत्र), सिरहाका मनिलाल बिक (नयाँ पत्रिका) र रेडियो मिथिलामा कार्यरत मनिष मैथिललाई पनि सम्मानित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्