कान्ति लोकपथमा ट्रक दुर्घटना, वीरगन्जका एक युवकको मृत्यु

सिमरा: कान्ति लोकपथअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका ११ स्थित घट्टेपाखामा बुधबार बिहान भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा वीरगन्ज महानगरपालिका ३२ का २० वर्षीय सन्तोष यादवको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा ३३ वर्षीय ट्रक चालक कृष्ण गम्भीर घाइते भएका छन् ।
यादवलाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ। वीरगन्ज काठमाडौंतर्फा जाँदै गरेको ना८ख ८७६० नम्बरको मालबाहक बिहान करिब ३ बजे ट्रक दुर्घटना भएको हो ।





