महोत्तरीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ


eShilalekh

११ चैत्र २०८२, बुधबार १२:४४

महोत्तरीः महोत्तरीको भंगाहा नगरपालिका ९ हरिहरपुरमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले बुधबार बिहान एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा औराही नगरपालिका २ चेपकट घर भई हाल हरिहरपुर बस्दै आएका ४२ वर्षीय बिरेन्द्र सदा रहेका छन् । प्रहरीले उनलाई आफ्‌नै श्रीमती ३७ वर्षीया अनिता देवी सदाको हत्या गरेको आरोपमा पक्राउ गरेको हो । 

बिरेन्द्रले श्रीमतीको हत्या गरेको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कञ्चनबनबाट खटिएको प्रहरी टोलीले उनलाई तत्कालै पक्राउ गरेको थियो । 

घटनाको प्रकृति र हत्याको कारणबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्