पथलैया–सिमरा सडकखण्डमा मोटरसाइकल दुर्घटना, दुई युवक घाइते


eShilalekh

१२ चैत्र २०८२, बिहीबार १४:०८

सिमराः बाराको पथलैया–सिमरा सडकखण्ड अन्तर्गत हुलास स्टील्स् आल्मुनियम अगाडीको सडकमा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा दुई युवक घाइते भएका छन् ।

वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको मधेस प्रदेश ०३–०३३प ८५९२ नम्बरको मोटरसाइकल सोही दिशाबाट जाँदै गरेको ना६ख ६५१ नम्बरको ट्रकको पछाडीबाट ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा कलैयाका २० वर्षीय अयानश अब्रारी र वीरगन्जका १८ वर्षीय जयप्रकाश महतो घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । उनीहरुको सिमरास्थित अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्