वीरगन्जबाट ९ लाख स्रोत नखुलेको नगदसहित एक जना पक्राउ


eShilalekh

१२ चैत्र २०८२, बिहीबार २०:५६

वीरगन्जः सशस्त्र प्रहरीले स्रोत नखुलेको ९ लाख नगदसहित बिहीबार वीरगन्जबाट एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका ८ गहवा बस्ने ४४ वर्षीय अनिलकुमार साह रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मबाट खटिएको टोलीले बिहीबार दिउँसो वीरगन्ज १६ स्थित भन्सार मेनगेटबाट उक्त रकमसहित साहलाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी सहायक निरीक्षक मोहमद मुस्ताक अलीको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना २ प ९५८७ नम्बरको मोटरसाइकल जाँच गरेको थियो। जाँचका क्रममा मोटरसाइकल चालक साहले सिटको कभरमुनि प्लास्टिकमा लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा उक्त नगद फेला परेको हो।

प्रतिक्रिया दिनुहोस्