पर्सामा श्रीमतीको खुट्टा काट्ने श्रीमान् पक्राउ

वीरगन्जः आफ्नै श्रीमतीमाथि अमानवीय ढङ्गले आक्रमण गर्दै खुट्टा काट्ने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका ३ बिरुवा टोलका ३० वर्षीय विश्वनाथ सहनी रहेका छन् ।
सहनीले चैत १ गते आफ्नी श्रीमती हरिकलादेवीलाई हातखुट्टा बाँधेर धारिलो हतियार प्रयोग गरी बायाँ खुट्टाको पैतलाभन्दा माथिल्लो भाग काटेर गम्भीर घाइते बनाएका थिए । घटनापछि फरार रहेका सहनीलाई प्रहरीले खोजतलास गरी पक्राउ गरेको हो ।
घटनामा गम्भीर घाइते भएकी हरिकलाको बारास्थित एलएस न्यूरो अस्पतालमा प्रारम्भिक उपचार गरिएको छ । सहनीलाई ज्यान मार्ने उद्योग तथा कुटपिट अंगभंग सम्बन्धि कसूरमा कारवाही सुरु गरिएको प्रवक्ता बस्नेतले बताए ।





