बालिका बलत्कार आरोपमा चार पक्राउ


eShilalekh

२४ बैशाख २०७९, शनिबार २२:१३

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित दसधुरेमा एक बालिकामाथी बलत्कार गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५० वर्षिय दुई पुरुषसहित दुई जना नाबालक रहेका छन् ।

बालिका बलत्कार भएको खबर स्थानीयले दिएपछि घटनास्थल पुगेको ईलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । प्रहरी पुग्दा स्थानीयले बलकात्कार आरोपितलाई घरभित्रै थुनेर राखेका थिए ।

पक्राउ परेका चार जनालाई नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । बलात्कृत भएको भनिएकी बालिकाको स्वाथ्य परिक्षण गरिएको र रिपोर्ट आएपछि मात्रै थप जानकारी दिने सकिने प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्