अबदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म खुल्ने


eShilalekh

२२ चैत्र २०८२, आईतवार १५:३२

सिमराः मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सरकारी कार्यालयको कार्यालय समय परिवर्तन गर्ने निर्णय गरेको छ। सरकारको निर्णयअनुसार अबदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछन्। यसअघि कार्यालय समय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म रहेको थियो।

बैठकले नयाँ शैक्षिक सत्र आगामी बैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय पनि गरेको छ। यससँगै सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्