माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जीतपुर आउँदै


eShilalekh

२७ बैशाख २०७९, मंगलवार ०७:४३

सिमराः नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड मंगलवार जीतपुर आउँदैछन् । जीतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड जीतपुर आउन लागेका हुन् ।

नेकपा माओवादी केन्द्र जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष प्रेम बरालका अनुसार प्रचण्ड दिउसो ४ बजे सिमरा विमानस्थलमा आईपुग्नेछन् । प्रचण्ड आएपछि सभा सुरु हुने बरालले बताए ।

सभामा कांग्रेसको तर्फबाट फरमुल्लाह मंसुरले सम्बोधन गर्नेछन् । नगर प्रमुख र उपप्रमुख पदमा मात्रै गठबन्धन गरेको कांग्रेस र माओवादीसहित पाँच दलीय गठबन्धनले संयुक्तरुपमा सभा गर्न लागेका हुन् ।

सभामा २४ वटै वडाबाट नेतकार्यकर्ताको सहभागीता रहने बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्