चुनावी प्रचार गर्ने आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधी सुरु


eShilalekh

२७ बैशाख २०७९, मंगलवार ०८:१७

सिमराः स्थानीय तह निर्वाचनका लागि उम्मेदवार र राजनीतिक दलले चुनावी प्रचार गर्ने अवधी मंगलवार मध्यरातबाट सकिदैछ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मध्यरातदेखि ४८ घण्टासम्म मौन अवधीको समय हो ।

मौन अवधीमा उम्मेदवार, राजनीतिक दल, भ्रातृ संगठन, कार्यकर्ताले आफ्नो दल र उम्मेदवारको चुनावी प्रचार, भेला, घरदैलो गर्न पाउने छैनन् । चुनावको अन्तिम समयमा मतदातालाई प्रभावित पार्ने सम्भावना अधिक हुने हुदा आयोगले निष्पक्षरुपमा मतदान सम्पन्न गर्न मौन अवधी तोकेको हो ।

मौन अवधी बैशाख ३० गतेका तोकिएको मतदान प्रक्रिया नसकिएसम्म लागु हुनेछ । मौन अवधी उलंघन गरेको पाइए आयोगले उम्मेदवारी रद्ध गर्ने र एक लाखसम्म जरिवाना गर्न सक्ने व्यहोरा निर्वाचन निर्देशिकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्