सर्लाहीमा बसको ठक्करबाट एक पुरुषको मृत्यु


eShilalekh

३१ बैशाख २०८३, बिहीबार १३:४३

सर्लाहीः सर्लाहीको हरिवन नगरपालिकामा बिहीबार बिहान यात्रुवाहक बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। हरिवन नगरपालिका ११ स्थित कडरिया चोकमा भएको दुर्घटनामा ती पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उदयपुरको गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ९६७० नम्बरको बसले पैदल हिँडिरहेका पुरुषलाई ठक्कर दिएको थियो । मृतकको परिचय भने अझै खुल्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय कर्मैयाका अनुसार दुर्घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्