डिएसपी सिंह र पण्डितको सरुवा


eShilalekh

२ जेष्ठ २०८३, शनिबार ०७:४७

सिमरा: नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रवक्ता एवम् ट्राफिक प्रहरी नायब उपरीक्षक (डिएसपी) वकिलबहादुर सिंहको सरुवा भएको छ ।

सिंहको प्रहरी वृत्त सातदोबाटोमा सरुवा भएको हो । उनी झण्डै १५ महिना अघि पथलैयास्थित प्रदेश ट्राफिक कार्यालयमा हाजिर भएका थिए ।

उनको स्थानमा डिएसपी नवराज न्यौपाने आउने भएका छन् । न्यौपाने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् ।

यसैगरी जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् डिएसपी बिजयराज पण्डितको पनि सरुवा भएको छ । पण्डितको मधेस प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआईजी) को सचिवालयमा सरुवा भएको हो ।

पण्डितको स्थानमा डिएसपी मिनबहादुर घले आउने भएका छन् । घले काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगन्जमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्