घण्टीमाई सहकारीको १३औं स्थापना दिवसका अवसरमा विविध कार्यक्रम


eShilalekh

१५ जेष्ठ २०८३, शुक्रबार १९:०२

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३औं स्थापना दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ ।

स्थापना दिवसका अवसरमा संचालक समिति र कर्मचारीले कार्यालय परिसरमा दीप प्रज्वलन गरेका छन् । यसै अवसरमा संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिसौलीया आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

विद्यालयका विद्यार्थीहरूको शैक्षिक गतिविधि सहज र प्रभावकारी बनाउन आवश्यक सामग्री सहयोग गरिएको संस्थाले जनाएको छ। कार्यक्रममा संस्थाकी अध्यक्ष कोपिला सिम्खडा, सञ्चालक समिति सदस्यहरू, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

अध्यक्ष सिम्खडाले सहकारीले विगत १३ वर्षको यात्रामा सदस्यहरूको आर्थिक सशक्तिकरणमा निरन्तर योगदान पुर्‍याउँदै आएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्