‘अब स्टेडियम घरमै’: भायानेटको नयाँ अफर, वाईफाई ६ इन्टरनेटसँगै भायाटिभीमा विश्वकप फुटबल


eShilalekh

२१ जेष्ठ २०८३, बिहीबार ०९:२६

सिमरा: फुटबल विश्वकप २०२६ को माहोल सुरु भएसँगै भायानेट कम्युनिकेशनले ‘अब स्टेडियम घरमै’ अभियान सार्वजनिक गरेको छ । उच्च गतिको वाईफाई ६ इन्टरनेट, भायाटिभी र विभिन्न अतिरिक्त सुविधालाई एउटै प्याकेजमा समेट्दै भायानेटले ग्राहकलाई घरमै स्टेडियमको अनुभव दिलाउने लक्ष्य राखेको जनाएको छ ।

भायानेटले वार्षिक १३ हजार आठ सय रुपैयाँ (करसहित) मा २५० एमबिपिएसको वाईफाई ६ इन्टरनेट प्याकेज उपलब्ध गराएको छ। यसमा वाईफाई ६ ओएनयू जडान शुल्क छुट दिइएको छ भने ग्राहकले केवल एक हजार रुपैयाँ डिपोजिट बुझाउनुपर्नेछ।

इन्टरनेट सेवासँगै ग्राहकले मासिक २५० रुपैयाँमा भायाटिभी सेवा पनि जोड्न सक्नेछन् । भायाटिभीमा २०० भन्दा बढी च्यानल, लाइभ टिभी पज तथा रेजुम, चलचित्र, सिरिजलगायतका मनोरञ्जन सामग्री उपलब्ध छन् ।

फुटबलप्रेमीलाई लक्षित गर्दै कम्पनीले भायाटिभीमार्फत फुटबल विश्वकप २०२६ प्रत्यक्ष हेर्न सकिने व्यवस्था मिलाएको जनाएको छ। नेपालमा विश्वकप प्रसारण अधिकार हिमालयन टिभीसँग रहेको र ग्राहकहरूले ९९९ रुपैयाँको कुपन खरिद गरी हिमालय स्पोर्ट्स च्यानलमार्फत खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् ।

कम्पनीका अनुसार ईसेवा, खल्ती, फोनपे तथा कनेक्ट आइपिएसबाट कुपन खरिद गर्न सकिनेछ। भायाटिभीमा देखिने क्यूआर कोड स्क्यान गरेर वा नजिकको भायानेट आउटलेटबाट समेत कुपन उपलब्ध हुनेछ।

यससँगै वार्षिक प्याकेज नवीकरण गर्ने ग्राहकलाई १५०० बराबरको डामी एपको एक वर्षे सदस्यता निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । डामी एपमार्फत ग्राहकहरूले रेस्टुरेन्ट, कपडा पसल, सैलुन, खुद्रा पसल लगायत विभिन्न ठाउँमा आकर्षक छुट पाउन सक्नेछन्। यो सुविधा हाल काठमाडौं, पोखरा र चितवन का ग्राहकहरूका लागि मात्र लागू हुनेछ।

थप जानकारीका लागि ग्राहकहरूले भायानेटको ग्राहक सेवा नम्बर ०१–५९७०६४४ मा सम्पर्क गर्न वा नजिकको भायानेट कार्यालयमा जान सक्नेछन्। बाराको सिमरा आसपास ९८०२३६७५७१ मा सम्पर्क गरि ईन्टरनेट जडान गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्