विश्व वातावरण दिवसको अवसरमा सिमरामा वृक्षरोपण


eShilalekh

२२ जेष्ठ २०८३, शुक्रबार १८:०४

सिमराः विश्व वातावरण दिवसको अवसरमा जीतपुरसिमरा ३ रामबनस्थित जनजागरण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह अन्तर्गतको पिकनिक पार्क क्षेत्रमा वृक्षरोपण गरिएको छ । जनहित उपभोक्ता समिति र जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको संयुक्त रुपमा आयोजित कार्यक्रममा तीन सय वृक्ष रोपिएको हो ।

मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यता तथा जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जनहित उपभोक्ता समिति, जनकल्याण साकोस, राधाकृष्ण सामुदायिक वन, भिमेश्वर सामुदायिक वन, मुसहर्नीमाई सामुदायिक वन तथा जनजागरण सामुदायिक वनका पदाधिकारी तथा स्थानीयको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण रवीन्द्र खकुरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्