सिरहामा भन्सार छलीका ९ लाखभन्दा बढी मूल्यका सामान बरामद


eShilalekh

१८ असार २०८३, बिहीबार १८:२२

सिरहा: सिरहामा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टरको गस्ती टोलीले ९ लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका विभिन्न सामान बरामद गरेको छ ।

गण प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाका अनुसार बिहीबार बिहान करिब १ बजे सिरहा नगरपालिका १६ खिरौना क्षेत्रमा गस्तीका क्रममा नेपालतर्फ भित्र्याउँदै तथा नेपालबाट भारततर्फ लैजाँदै गरिएका किराना सामान, कपडा, कस्तुरी मदिरा र तीन थान मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

बरामद गरिएका सामानको अनुमानित मूल्य ९ लाख २६ हजार आठ सय ५० रुपैयाँ रहेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सामान माडर भन्सार कार्यालयमा बुझाउन लगिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्