खैरो हिरोइन र गाँजासहित जीतपुरबाट दुई युवक पक्राउ


eShilalekh

२० असार २०८३, शनिबार १६:२८

सिमराः प्रहरीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित लल्का पुल नजिकबाट लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा स्थानीय २९ वर्षीय साजन पासवान र २५ वर्षीय विकास चौधरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय जीतपुरको प्रहरी टोलीले शुक्रबार साँझ चेकजाँच गर्ने क्रममा चौधरीको साथबाट एक सय ९० मिलिग्राम खैरो हिरोइन र २५.५३ ग्राम गाँजा बरामद गरेको हो । लागूऔषध भेटिएपछि प्रहरीले दुबै युवकलाई नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई कानुनी कारबाहीका लागि सिमरास्थित इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्