वीरगञ्जमा निर्माणाधीन घरको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु


eShilalekh

२१ असार २०८३, आईतवार १६:२८

वीरगञ्जः वीरगञ्ज महानगरपालिका १६ स्थित दुर्गा हल नजिकै निर्माणाधीन घरको पर्खाल भत्किँदा आइतबार दिउँसो एक मजदुरको मृत्यु भएको छ।

घरको सेन्टरिङ (शटरिङ) खोल्ने क्रममा अचानक पर्खाल भत्किँदा बाराको विश्रामपुर गाउँपालिका कल्याणपुरका ३० वर्षीय सुवास पटेल गम्भीर घाइते भएका थिए।

दुर्घटनालगत्तै स्थानीय र सहकर्मीहरूले उनलाई उद्धार गरी तत्काल उपचारका लागि वीरगञ्जकै भवानी अस्पताल पुर्‍याएका थिए। तर उपचारकै क्रममा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार मृतक पटेलको शव अहिले पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ। घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको र अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्