गुडिरहेको कारमा आगलागी, चालक सकुशल


eShilalekh

१० जेष्ठ २०७९, मंगलवार १०:४२

सिमराः पथलैया–निजगढ सडकखण्ड अन्तर्गत बंगरी पुलमा मंगलवार बिहान गुडिरहेको कारमा तार सर्ट भएर आगलागी भएको छ ।

लालबन्दीबाट हेटौडातर्फ जादै गरेको प्र२-०२-००१ च ०१६५ नम्बरको कारमा आगलागी भएको हो । आगलागीबाट कार पूर्णरुपमा जलेर नष्ट भएपनि चालक सकुशल रहेको प्रहरी जनाएको छ ।

लालबन्दी ११ का कृष्णकुमार महतोले चलाईरहेको उक्त कार जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित बंगरी पुलमा आएपछि आगो लागेको थियो ।

कारमा लागेको आगो जीतपुसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकाको दमकलको सहायतामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा लिएपनि कारको अधिकांश भाग जलेर नष्ट भएको छ । आगलागीबाट करिब २६ लाख बराबरको क्षती भएको बाराका प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्