लागुऔषध गाँजासहित दुई पक्राउ


eShilalekh

१३ जेष्ठ २०७९, शुक्रबार १९:४६

सिमराः प्रहरीले बाराको पथलैयाबाट लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । हेटौडाबाट सिमरातर्फ ल्याउदै गरेको अवस्थामा प्रहरीले ३६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौडा १३ का अटो चालक सजन स्याङतान र भुवन तितुङ रहेका छन् । ना२ह २८८८ नम्बरको अटोमा लुकाएर ल्याउदै गरेको अवस्थामा चेकजाँच गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । सूचनाको आधारमा खटिएको प्रहरी चौकी पथलैयाको टोलीले अटो चेकजाँच गरेको थियो ।

प्रहरीका अनुसार ब्याग र बोराभित्र लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको थियो । पक्राउ परेका दुवैलाई म्याद थप गरी अनुसन्धानका लागि नियन्त्रणमा राखिएको ईलाका प्रहरी कार्यालय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्