अमलेखगञ्जमा गाडीको ठक्करबाट एक वृद्धको मृत्यु

सिमराः बाराको अमलेखगञ्जमा गाडीको ठक्करबाट आइतबार बिहान एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–२२ का करिब ६७ वर्षीय वृद्ध रहेका छन् ।
वृद्धको पहिचान खुल्न बाँकी छ । दुर्घटनालगत्तै उनलाई वीरगन्जस्थित अस्पताल लगिएको थियो ।
यता वृद्धलाई ठक्कर दिने गाडी भने फरार भएको छ । उनलाई कुन गाडीले ठक्कर दिएको भन्ने खुलेको छैन । घटनापछि स्थानीयले ठक्कर दिने गाडी पत्ता लगाउन माग राख्दै अमलेखगञ्जमा सडक अवरुद्ध पारेका छन् ।
स्थानीयको अवरोधका कारण त्रिभुवन राजपथ अन्र्तगत पथलैया–हेटौंडा सडकखण्ड बिहानैदेखि अवरुद्ध बनेको छ । प्रहरीले ठक्कर दिने गाडी पत्ता लगाउन खोजी गरिरहेको छ ।







