सिमरास्थित नव जनजागृती युवा क्लबको कार्यालयमा चोरी


eShilalekh

१३ जेष्ठ २०७९, शुक्रबार २०:१३

सिमराः जीतपुरसिमरा गोल्डकप आयोजक क्लब नव जनजागृति युवा क्लबको कार्यालयबाट सिसि क्यामरा र फूटवल चोरी भएको छ ।

सिमरा रंगशालाको प्यारापिटमुनी रहेको कार्यालयको ताला फोडेर तीन लाख भन्दा बढी मूल्य बराबरको सिसि क्यामरा, फूटवल चोरी भएको हो ।

क्लबका अध्यक्ष रामचन्द्र लामाले क्लबको ढोका र दराज तोडेर १४ थान क्यामरासहित विभिन्न डिभाईस, फूटवल चोरी भएको जानकारी दिए । घटनाबारे प्रहरीलाई जानकारी गराएको र चोरी भएको सामानको खोजी भईरहेको लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्