सिमरामा एक सय सात जनाद्धारा रक्तदान


eShilalekh

१४ जेष्ठ २०७९, शनिबार १४:४०

सिमराः १५औं स्थापना दिवसको अवसरमा हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय सात जनाले रगत दान गरेका छन् ।

सिमरामा आयोजित खुल्ला रक्तदान कार्यक्रममा सात महिलासहित एक सय सात जनाले रगत दान गरेका हुन् । वीरगन्जस्थित रक्त संचार केन्द्र र रेडक्रस सोसाईटी सिमरा उपशाखाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

वार्षिकोत्सवको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको हातेमालोले रगतको अभावलाई पूर्ति गर्नका लागि रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

हातेमालोले यसअघि जीतपुरस्थित स्वास्थ्य चौकीलाई डेलिभरी बेड र सिमरास्थित सरस्वती आधारभूत विद्यालयलाई पंखा हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्