जीतपुरमा एक पुरुषको शव फेला

सिमरा: बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ मा बुधबार बिहान एक पुरुषको शव नहरमा डुबेको अवस्थामा फेला परेको छ । मृत फेला पर्नेमा सोही ठाउँका ५६ वर्षीय हरिनारायण सहनी रहेका छन् ।
प्रहरीका अनुसार ब्रम्हबाबा चौरस्थित नहरमा डुबेको अवस्थामा शव फेला परेको हो । मृत्युको कारण खुल्न सकेको छैन ।
इलाका प्रहरी कार्यालय जीतपुरको टोली घटनास्थल पुगेको छ ।







