लायन्स क्लबको प्रशिक्षण कार्यक्रम अमलेखगंजमा सम्पन्न


eShilalekh

३० जेष्ठ २०७९, सोमबार ०९:५५

सिमराः लायन्स क्लबको एरिया २ र ३ मा आवद्ध क्लबका नवनिर्वाचित पदाधिकारीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अमलेखगंजमा आयोजित कार्यक्रमकाबीच क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षलाई प्रशिक्षण गराइएको हो ।

लायन्स क्लबको उदेश्य अनुसार सामाजिक सेवा र रचनात्मक गतिविधिलाई कसरी अगाडी बढाउने भन्ने विषयमा प्रशिक्षण सम्पन्न भएको एरिया ३ प्रमुख रिकेश साहले जानकारी दिएका छन् ।

प्रशिक्षण कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर अमरबहादुर श्रेष्ठसहित तासी डोल्मा तुम्बाहाम्फे, रमेश कुमार अग्रवाल, शम्भु नकर्मी, बालकुमार पाण्डे, दिपिन कृष्ण श्रेष्ठ, विश्वनाथ खनाल, देव चौधरीलगायतले सहजीकरण गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा एरिया २ र ३ का क्लबका पदाधिकारी, लायन्स क्लबको विभिन्न पदमा रही काम गरेका अग्रज व्यक्तित्वलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्