बारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


eShilalekh

१९ कार्तिक २०८३, बिहीबार २२:१४

सिमरा: पथलैया-हेटौंडा सडकखण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ स्थित चुरियामाइ मन्दिर नजिक बिहीबार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको बसवरिया गाउँपालिका-३ का २१ वर्षीय निराजन यादव रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि हेटौंडा लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । उनी मोटरसाइकलको पछाडि सवार थिए । 

दुर्घटनामा मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिका-७ नयाँ बस्तीका २१ वर्षीय नन्दकिशोर दास घाइते भएका छन् । उनको जिल्ला अस्पताल हेटौंडामा उपचार भइरहेको छ । 

वीरगन्जबाट धादिङतर्फ जाँदै गरेको ना ६ ख १४५८ नम्बरको ट्रकले हेटौंडाबाट रौतहटतर्फ आउँदै गरेको प्र.२-०३-००९ प ७९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीले ट्रकका चालक हेटौंडा उपमहानगरपालिका-५ कमानेका ३० वर्षीय दीपक घलेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता मिनबहादुर घलेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्