बाराको थलही पुलबाट मोटरसाईकल खस्दा दुईको मृत्यु


eShilalekh

३० जेष्ठ २०७९, सोमबार १०:४२

कलैयाः बाराको महागढीमाई नगरपालिका ८ स्थित थलही पुलबाट मोटरसाईकल खस्दा आईतवार राती दुई जनाको मृत्यु भएको छ ।

बरियारपुरबाट लंगडा चोकतर्फ जादै गरेको प्र. ०२–०३–००४प. ७९३४ नम्बरको मोटरसाईकल राती १०ः३० बजे पुलबाट तल खस्दा मोटरसाईकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुवर्ण गाँउपालिका ७ का ३५ वर्षिय विरुलाल यादव र भारत मोतिहारी पूर्वि बिहार चम्पारण समरपुर २ का ३० वर्षिय मेवाचन्द्र राय यादव रहेका छन् ।

पुलबाट करिब २५ फिट तल मोटरसाईकल खसेपछि घाईते भएका उनिहरुलाई उपचारका लागि कलैया अस्पताल लगिएको थियो । उपचारका क्रममा दुवै जनाको मृत्यु भएको बाराका प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्