अयोध्याधाम–जनकपुरधाम जोड्ने ‘सरयू कमला एक्सप्रेस’ रेल जनकपुरधाम आइपुग्यो

जनकपुरधामः भारतको अयोध्याबाट ‘सरयू कमला एक्सप्रेस’ मंगलबार जनकपुरधाम आएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार उद्घाटन गरिएको अयोध्याधाम–जनकपुरधाम रेल सेवा अन्तर्गत पहिलो पटक यात्रु बोकेर रेल जनकपुर आएको हो ।
प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गर्दै रेल सेवा सुरु गरेका थिए । उद्घाटनपछि करिब एक हजार यात्रु बोकेर जनकपुरधाम आएको रेललाई धुमधामका साथ स्वागत गरिएको थियो । स्वागतका लागि मधेसका मुख्यमन्त्री सरोज यादव, संघीय सरकारका श्रममन्त्री रामजी यादवलगायत पुगेका थिए ।
सातामा एक दिन सञ्चालन हुने यस रेल सेवाले नेपाल र भारतबीचको धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।






