जीतपुरसिमरामा नगर कार्यपालिकाको पहिलो बैठक सुरु (हेर्नुहोस् तस्विर)


eShilalekh

३१ जेष्ठ २०७९, मंगलवार १७:३२

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकामा नवनिर्वाचित कार्यपालिका सदस्यको पहिलो बैठक मंगलवार सुरु भएको छ । नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा उपमहानगरपालिकाको सभाहलमा पहिलो बैठक बसेको हो ।

स्थानीय तह निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएपछि बस्दै गरेको पहिलो बैठकमा परिचयात्मक कार्यक्रमसहित विषयगत समिति गठन, ठेक्कालगायतका विविध विषयमा छलफल हुने कार्यतालिका छ ।

बैठकमा नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत चेतुकमार पोखरेलसहित २४ वटै वडाबाट निर्वाचत वडाध्यक्ष, कार्यपालिका सदस्यको उपस्थिती रहेको छ । कार्यपालिकामा सदस्य सचिवको भूमिकामा रहेका प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बैठकको सहजीकरण गरिरहेका छन् ।

बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन र जेठ १५ गते सम्पन्न कार्यपालिका सदस्य निर्वाचनबाट निर्वाचित ३४ जनप्रतिनिधि बैठकमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्