साउदीमा ३० लाख संकलन


Author

eShilalekh

June 27, 2021 9:18 am

साउदी अरेबिया : कोरोनाबाट संक्रमित नेपालीको उपचारका लागि आवश्यक पर्ने अक्सिजन सिलिन्डरलगायत विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्न गैरआवासीय नेपाली संघ एनआरएन साउदीले ३० लाख रुपैयाँ संकलन गरेको छ।

एनआरएन मध्यपूर्व उपसंयोजक राजेन्द्र अर्यालका अनुसार कोरोना संक्रमित नेपालीले  उपचारको क्रममा अक्सिजन तथा आवश्यक स्वास्थ्य सामग्री नपाएर ज्यान गुमाउनुपर्ने बाध्यता छ। यस्तो अवस्थालाई मध्यनजर गर्दै मानव रक्षाको लागि थप एनआरएन मध्यपूर्व क्षेत्रबाट अनुमानित १ करोड २५ लाख रकम संकलन हुने जानकारी उनले गराए। रकम संकलनमा सहयोग गर्ने विभिन्न सामाजिक संघसंस्था, व्यवसायी तथा सामाजिक व्यक्तित्वहरूलाई समेत उनले धन्यवाद दिए।

एनआरएन साउदीले उठेको रकम आईसीसीद्वारा परिचालित कोरोना बैंक खातामा जम्मा गरिदिने निर्णय गरेको छ। साथै यसअघि एनआरएन मध्यपूर्वले सरकारलाई सहयोग स्वरूप पाँच सय ६० अक्सिजन सिलिन्डर सहयोग गरेको थियो। सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूको नामावली  रकमसहित संस्थाको पेजबाट सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्