लायन्स क्लब अमलेखगंजले राख्यो स्वागत बोर्ड


eShilalekh

३ असार २०७९, शुक्रबार १०:४९

सिमराः लायन्स क्लब अफ अमलेखगंजले जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. २१ र २२ को सिमानामा स्वागत बोर्ड राखेको छ ।

क्लबले वडा नं. २१ प्रारम्भ हुने आधाभार जंगल नजिक र वडा नं. २२ प्रारम्भ हुने चुरियामाई मन्दिर नजिक स्वागत बोर्ड राखेको हो ।

अमलेगंजको पहिचान स्थापित गर्न र संस्थाको रचनात्मक क्रियाकलापलाई निरन्तरता दिने क्रममा बोर्ड राखिएको क्लबका अध्यक्ष चुडामणी खरेल (कपिल) ले जानकारी दिए । उक्त बोर्ड हेटौडास्थित शुभ डेरी ईन्डष्ट्रिजले क्लबलाई सहयोग गरेको हो ।

उक्त अवसरमा वडा नं. २१ का अध्यक्ष सुवास श्रेष्ठ, क्लबको आगामी वर्षका अध्यक्ष विनय साहलगायत क्लबका पदाधिकारी र सदस्यको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्